कमल गाउँपालिकामा ३ जनामा थप कोरोना संक्रमण

झापा । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा बजारमा दोश्रो पटक समुदायमा कोभिड १९ पोजेटिभ देखीएको छ ।
वडा नम्वर ३ मा स्थाई वसोवास गर्ने ५७ र ४० वर्षका २ जाना पुरुस र २० वर्षका १ जना महिलामा कोभिड १९ पोजेटीभ देखएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
पोजेटीभ देखीएका तिनैजना लाई नागरिकलाई भद्रपुर स्थित मेचि अस्पतालको आईस्युलेसनमा पाठाएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाको स्वस्थ्य शाखाले आज सम्ममा ५ सय २८ जनाको पिसिआर परिक्षण गरेको छ । यस अघि पिसिआर परिक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएका ३ जना उपचारपछि घर फर्कि सक्नुभएको स्वस्थ्य शाखाले जनाएको छ ।