कमल गाउँपालिकामा थप एक हप्तासम्म लकडाउन जारी

झापा । झापाको कमल गाउँपालिका द्वारा एक हप्ता सम्म लकडाउन अवधी एक हप्तासम्म थपगरेको छ ।
कोभिड १९ को संक्रमण रोगथाम र नियन्त्रण गर्नका लागी कार्यपालिकाको बैठक बाट २०७७ साल भदै ६ गते राती १२ बजे देखी भदौ १३ गते राती १२ बजे सम्मका लागी सम्पुणर् गाउपालिकाको क्षेत्रभित्र लागुहुनेगरी लकडाउन अवधी थप गरिएको गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लकडाउनका अवधिभर डेरी, औषधी पसल ,ग्यास विक्रि गर्ने पसल वाहेक अन्य सबै पसल पुणर्रुमा बन्द गर्ने निणर्य गरिएको छ । डेरी पसल विहान ६ बजे देखी ८ बजे सम्म र बेलुका ४ बजे देखी ६ बजे सम्म र ग्यास पसल विहान विहान ६ देखी ८ बजे सम्म मात्र खोल्न पाईने छ भने बैक वित्तिय सस्था र शिक्षण सस्था पुणर् रुपमा बन्द रहेने गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।