बाह्रदशी गाउँपालिकाका थप तीन जनामा कोरोना पुष्टि

मेचीनगर । सोमबार बाह्रदशी गाउँपालिकामा तीन जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको बाह्रदशी गाउँपालिकामा ३ जना पुरुषमा कोभिड(१९ को संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बाह्रदशी गाउँपालिका वडा नं. ५ र ६ का उनीहरुमा कोरोना संक्रमण भएको बताए ।

उनका अनुसार भारतको आसाम, विहार र कतारबाट आएका उनीहरुमा संक्रमण पुष्टि छ ।

योसँगै झापामा कुल संक्रमितको संख्या ५०९ पुगेको चौलागाईले जानकारी दिए ।