विकासका विचमा विभेद

 

ग्राभेल सड्कको पुर्वपट्टी चर्च ,पस्चिम पट्टी एक जिणर् घरमा क्रियापुत्री आफ्नी आमाको दसगात्र क्रियाकर्मका लागि वसेका छन । भुइतलामा क्रियाकर्ममा वसेका यि युवकको घरको माथिल्लो तला थेग्नका लागि मकाएको वाँसको दलिनको भर छ । वाँस भाँचीने वित्तिकै जुनसुकै समयमा पनि वरण्डाको तलो भत्कन सक्ने अवस्था जो कोहीले सहजै अनुमान गर्न सकिन्छ । यो कुनै आख्याकारले कल्पना गरेको घर नभइ साविक वाहुण्डागी हाल मेचीनगर नगरपालिका वडा नं. १ को ठिक वडा कार्यालयको केही मिटर दक्षिणमा रहेको एक दलित परिवारको घरको परिदृश्य हो ।
धेरै महानुभावहरु मृतकका आफन्तजनलाई समवेदना दिन उपस्थित छन । प्रदेश सरकार देखि स्थानीय सरकारका उच्च पदस्थ जनप्रतिनिधिहरु देखि दलका मुखियाहरु सँगै उपस्थित पङ्कतिकारको मन मस्तिस्क केही पर पुगेको छ । ३ तहका सरकार र तिनका कार्यक्रमका वारेमा यिनको मनले के भन्दै होला ? दुर्भाग्यवस ज्वरो आएको मात्र अवस्थामा यिनले उपचार पाउँछन कि पाउदैनन ? गरीखाने र श्रमजिवी जनताको पक्षमा काम गर्ने वाचा गरेको सरकारले केही गरिदेला भन्ने आशामा रहेको होला कि निराशामा परिवर्तन भएको होला भन्ने अनेकन तर्कहरु मन भित्र चल्मलाइरहे । उपस्थितहरुको स्वेच्छाले संकलन गरेको केही रकम हस्तान्तरण पस्चात विदावारी हुनुवाहेक खासै केही भएन ।
सरकारका गरिवी निवारणका कार्यक्रमहरु समेत नभएका हैनन । विपन्न परिवारका लागि आवाश कार्यक्रम , जस्तापाता वितरण जस्ता कार्यक्रमहरु वारम्वार सुनिने गरेका भएपनि यस्ता परिवारहरु समक्ष किन कार्यक्रम आउन सक्दैनन ? गरिवी निवारणका लागि गाउँगाउँमा ऋण तथा वचतको कार्यक्रम गरी हिड्ने लघुवित्त संचालक संस्थाहरु र नामचलेका सहकारी संस्थाको कार्यक्रम यस्ता विपन्न नागरिकको जीवनस्तर उठाउनु भन्दा पनि तिनै संस्थाहरुको उन्नतीमा सिमित रहेको देखियो ।
स्वभावैले समाजमा विभिन्न तहगत संरचनाहरु हुन्छन । समाज विभाजित त छ नै । आर्थिक रुपले विभिन्न समेत समाज विभक्त नहुने कुरै भएन । जुन माथि वताइएको परिवारको दृश्य छ त्यसलाई समाजमा हुने गरेको एक विभेदको आँखिझ्यालको रुपमा मान्न सकिन्छ । त्यही क्षेत्र हो जहाँवाट वर्षेनी करोडौं वरावरको नदीजन्य पदार्थको वैधरअवैध कारोवार हुन्छ । हरेक वडाले एक करोड भन्दा माथिको वार्षिक वजेटको कार्यक्रम संचालन गर्दछन । नगरपालिकाकै कुरा गर्ने हो भने ति मानिसको जीविकोपार्जमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न विशेष अनुदानको ब्यवस्था गर्न पनि नसकिने हैन । तर नगरपालिका र वडाको ध्यान भने वरु त्यस्ता घर अगाडी पनि २४ फुटको सड्क निर्माण गर्ने देखिन्छ । आखिर २४ फुटको सड्क निर्माण भएपनि त्यस घरको सदस्यले कसरी त्यो सड्कवाट फाइदा लिने हो भन्ने वारेमा सवै वेखवर देखिए ।
आज भोली स्थानीय सरकारका कार्यक्रमहरुमा गौरवका योजनाका नाममा ठुला योजना र विशेष गरि पर्यटनका नाममा गरिने शौन्दर्यकरणहरुका कामहरु सुनीने र देखिने गरेको छ । यस्ता ठुला योजनामा गरिएको लगानीले आम मानिसको दैनन्दिनमा आइपर्ने समस्याको समाधानमा सहयोग गरेको छ ?सामाजिक लेखा परिक्षकहरुले अव यि प्रश्नहरुको उत्तर खोज्ने समय भइसकेको छ ।
निस्चय नै विपन्न नागरिकहरुका वस्तीमा स्थानीय सरकारले गरेका कार्यक्रमहरुले राहत दिन सकेको देखिदैन । सिमान्त सहर काकरभिट्टा एसियन हाइवे नामको पुल सँगैको सड्क जोडिएका कारण अति मनमोहक देखिएको छ तर त्यही मेचीनगरको एक वस्तीमा वसोवास गर्ने मानिसहरुको अवस्था दयनीय रहेको छ । आखिर विकसित सहरको तुलनाकै सहर निर्माण भएपनि त्यस सहरवाट आम मानिसमा पर्ने प्रभाव सकारात्मक छैन । सहरका पुर्वाधार निर्माणका लागि आवश्यक नदीजन्य पदार्थको उत्खननको मार समेत यिनै वर्गका मानिसले भोग्नु परेको देखिएको छ । आखिर आफ्नै सिमानामा भएको परिवर्तनको अनुभुति समेत तल्लो वर्गका नागरिकले गर्न नपाउने यो कस्तो विकास हो ?
हाल कोरोना कै कुरा गर्ने हो भने पनि सरकारले कोरोना संक्रमण नियन्त्रणमा १३ अर्व भन्दा वढी खर्च गरे पनि आम मानिसले यसवाट कति स्वास्थ्य लाभ गरेका छन त्यो महत्वपुणर् हुन्छ । आम मानिस त आज पनि ज्वरोको उपचार गर्न नपाएको अवस्था छ , अस्पताल चहार्दा चहार्दै ज्यान गुमाउने वालवालिका र गर्भवती महिलाहरुको संख्या ठुलो छ , अझ कोरोना संक्रमितले आइसियूको सेवा लिनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने भएपछी त्यो १३ अर्व खर्चको के औचित्य ? सरकारले मिर्गौला रोगीहरुका लागि निशुल्क डायलासिस सेवा दिदै आएको भएपनि जव एक युवक डायलासिसका लागि याचना गर्दागर्दै ज्यान गुमाउँछ भने सरकारको निशुल्क डायलसिस सेवाको कुनै औचित्य हुदैन आम मानिसको नजरमा ।
अहिले पर्यटन क्षेत्र विकास र विस्तारका नाममा समेत अनेकन शौन्दर्यकरणका कामहरु जताततै देखिन्छन । काकरभिट्टा वसपार्कमा जडित पानीको फोहरा , पार्क , सहरका गल्ली गल्लीमा इन्टरलकको सजावट आदी सवै कुराले काकरभिट्टा सम्पन्न लाग्छ । काकरभिट्टा मात्र नभइ अन्य साना साना नाम मात्रका वजारहरुमा समेत त्यहाँको मुख्य आवश्यकतालाई अन्देखा गरी महगो मुल्यको सवाजटका कामहरु हुन थालेका छन । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा गरिने विकासका कार्यहरु प्रतिफल दिने तर्फ उन्मुख भएका हुनुपर्ने भएपनि त्यस्तो नदेखिनु दुखद छ ।
जनताको आँगनको सरकार स्थानीय सरकार बनेको अव ३ वर्ष पुरा गरेको छ । ३ वर्ष भित्रमा गरेका केही ठुला नामका काम र योजनाले सहरमा हिडने मानिसहरुको मन त लोभ्याउलान तर आम मानिसको मन छुन भने सक्दैनन । हुन त यि आम मानिसहरु केवल मतदानका लागि मात्र चाहिने हुन तर ख्याल गरौं मतदानमा यिनै आम मानिसहरु निणर्ायक हुन्छन ।
धान फल्ने खेतहरु वाँझिन थालेका छन । स्थानीय समाजका रहेको परम्परागत ज्ञान शिप लोप हुन थालेको छ । बैदेशिक रोजगारमा मात्र निर्भर समाजले उत्पादनमा भन्दा उपभोगमा जोड दिएका कारण खाद्धवस्तु समेत आयात गनूृपर्ने अवस्था छ । कृषि, शिक्षा र स्वास्थ्यमा साना र न्यून लगानीमा गर्न सकिने महत्वपूणर् कार्यहरुमा ध्यान गयो भने कम्तिमा जनप्रतिनिधिहरुले इतिहास रचेको नै सावित हुनेछ । अझै ख्याल गरौं तपाईहरुले इच्छाएका ठाउँमा खर्च गरि तयार गरेको पुर्वाधारलाई सवै नागरिकले अपनत्व लिन सक्दैनन । जनतावाटै कर उठाएर तपाईहरुले चडेको महगो गाडीपनि विकासको सूचक हैन । कम्तिमा कणर्दाशको यो गितको भाव वुझने कोशिस गरौं “ठुला ठुला महल हैन , शिप सिकाउने झुपडी देऊ दैव हिंसा माग्ने भैदान हैन धान उमार्ने खेत देउ ।” साना तिना कार्यक्रम नै भुइतहका लागि उपयोगी हुनेमा विश्वास गर्न सकौं ।