कमलद्वारा निर्माणाधिन आईसोलेसनसहितको क्वारेन्टाईन सञ्चालनमा आउने तयारी

झापा । कमल गाउँपालिका द्वारा निर्माणाधिन अवस्थामा रहेको आईसोलेसन सहितको क्वारेन्टाईन यहि भदौ अन्तिम साता देखी सन्चालनमा आउने भएको छ ।

गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माण गर्दै गरेको क्वारेन्टाईको निर्माणकार्यको काम धमाधम भैरको ले यही भदौ अन्तिम साता सम्ममा सम्पन्नहुने गाउँपालिकाले जनाएको छ ।

निर्माणाधिन क्वारेन्टाईनमा ५० वेडको हुनेछ । जसमा महिला, पुरुष र आईसोलेसन वेड छुटाछुट्टै हुनेछ यसका साथै किचन र गाड रुम सहित ५ वडा व्लकको आईसोलेसन सहितको क्वारेन्टाईको निर्माण कार्य धमाधम भैरहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
नयाँ भवनको निर्माणकार्य सम्पन्न हुनासाथ गाउँपालिकाको वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा रहेको क्वारेन्टाईलाई तुरुन्त स्थानान्तर गरिने समेत गाउँपालिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।