ढुङ्गा तस्करी रोक्दिन् मेयर आर्चायले— पत्रकारलाई गुहारे

तिरिङ  ⁄  अवैध रुपमा चुरे दोहन् र ढुङ्गा तस्करी रोक्न मेचीनगर नगरपालिकाका मेयर बिमल आर्चायले सञ्चारकर्मी र नागरिक समाजलाई गुहारेका छन् । झापा र इलामको सीमामा पर्ने मेचीनगर १ स्थित तिरिङमा जफत गरि राखेको ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा हराएको समाचार बाहिर आएपछि मेयर आचार्यले यस्तो आग्रह गरेका हुन् ।

मेयर आचार्यले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर नगरपालिकाले मात्रै रोक्न नसक्ने भन्दै अवैध तस्करी रोक्ने जिम्मेवारी स्थानिय प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, स्थानिय नागरिक र पत्रकारको भएकाले रोकिदिन आग्रह गरेका हुन् ।

मेयर आर्चायले भने(नगरपालिकाले मात्रै रोक्न सक्दैन । खुल्ला सीमाना छ, के मेयरले सीमामा घर बनाएर रोक्नु पर्ने ? भन्दै पत्रकारलाई प्रति प्रश्न गर्दै अब तपाई पत्रकारहरुले रोक्नुहोस् ।

पटक— पटक विवादको चङगुलमा फसेको मेचीनगर नगरपालिकाले नागरिक प्रतिको जवाफ देहिता भुलेको भन्दै चर्को आलोचना खेप्दै आएको छ । यता नगरका प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याङले ढुङ्गा स्टक गरेको स्थानमा आफू कहिल्यै नगएको र मेयर सावले भनेको त्यहाँको ढुङ्गा अर्कै ठाउँमा सारेको भने पछि मैले बिश्वास गरेको बताएका छन् ।

करोडौंका ढुङ्गा कागजी प्रकृया मिलाएर केहि कर्मचारी, जनप्रतिनिधि र तस्करको मिलेमतोमा गायब बनाएको स्थानियको आरोप सहतिको समाचार सार्वजनिक भएपछि प्रशासकीय अधिकृत खाम्याङले उक्त समाचार गलत भएको भन्दै सामाजिक सञ्जालमा प्रतिकृया मात्र दिएका छैनन् , समाचार प्रकाशन —प्रशारण गर्ने पत्रकारलाई मुद्धा हाल्छु भन्दै धमक्याउन थालेका छन् ।

यस्ता आम नागरिको चासो र समित्वमा रहेको करोडौंको सम्पत्ती कौडिको भाउमा बिक्री गर्ने र गराउनेलाई नगरवासीले निरन्तर निगरानी र यस्ता गतिविधि रोक्न लाग्नुको विकल्प छैन् ।