इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटि

मेचीनगर । मेचीनगर ७ इटाभट्टास्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत गरिएको पिसिआर परिक्षण ३५ जनाको रिपोट नेगेटिभ आएको छ ।
प्राइम बैंकका ६ जना कर्मचारीहरुको पिसिआर परिक्षण गरिएकोमा उनीहरु सबैको रिपोट नेगेटिभ नै आएको छ । समुदायमा कोरोना संक्रमण फैलिन नदिन मेचीनगर नगरपालिकाले भदौ ७ गतेदेखि इटाभट्टा क्षेत्रमा लकडाउन गरेको थियो ।
त्यसैगरी मेचीनगर १५ ज्यामिरगढी क्षेत्रका ७७ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको मेचीनगर नगरपालिकाका समाजिक बिकास समितिका संयोजक नवीन बरालले बताए । ज्यामिरगढीमा उद्योगका मजदुर, व्यवसायीसहितका स्थानीय समुदायबाट ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।