कमल गाउँपालिकामा कोरोना संक्रमित एक जनाको मृत्यु

झापा । कमल गाउँपालिकामा एक जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित बाट मृत्युहुनेमा कमल गाउँपालिका वडा नम्वर ३ केर्खाका ८३ वर्षिय वृद्ध रहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ । यो सगै झापामा संक्रमित बाट मृत्यु हुनेको संख्या २ जना भएको छ । यस अघि दमकका एक जना संक्रमित को मृत्यु भएको थियो ।

कमल गाउँपालिकामा संक्रमित भएका ५ जना मेचि अस्पतालको आईसोलेसनमा हुनुहुनुन्छ भने ३ जना उपचार पछि घरफर्किएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।
गाउँपालिका स्वस्थ्य शाखा बाट पि.सि.आर. परिक्षण गरिएका १३० जनाको रिपोट आउन बाँकि रहेको स्वस्थ्य शाखाले जनाएको छ ।