धरानमा सिराहाका ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ८४ वर्षीय वृद्धको मृत्यु भएको छ। सिराहा जिल्ला भदैया(६ का संक्रमितको गएराती सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेडिसिन वार्डमा उपचार गराइरहेका संक्रमितमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मिर्गौलाको समस्या खेपिरहेका ती वृद्धले लामो समयदेखि डायलासिस गराइरहेका थिए। मृतकमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।