कमल गाउँपालिकामा आगामी भदौ २० गतेसम्म निषेधाज्ञा जारी

झापा । कमल गाउँपालिकाको शनिबार बसेका कार्यपालिका वैठकले निषेधाज्ञा थप गर्नका लागी जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निणर्य गरेको छ ।
गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नका लागी अगामी २०७७ साल भदौ २० गते राती १२ं.०० बजेसम्म निषेधाज्ञाको समय थप गर्नुपर्ने भएकोले सोहि अनुसार जिल्ला प्रशासन कार्यलय झापालाई सिफारिस गर्ने निणर्य भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताए ।
निषेधाज्ञाका समयमा गाउँपालिकाको वडा नं ३ केर्खामा कुनै पनि पसल खोल्न पाईने छैन भन्ने अन्य क्षेत्रमा बिहान ९ बजेसम्म मात्र खुल्ला रहनेछ ।