दमकमा भदौ २० गतेसम्म निषेधाज्ञा जारी

 

झापा । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निणर्य गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४ गतेदेखि भाद्र २० गतेसम्म निषेधाज्ञा कायमै राख्ने निणर्य गरेको हो ।दैनिक उपभोग्य समाग्री खरिद गर्नका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अपनाएर बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने बताइएको छ ।औषधि पसलहरु र अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । सबै अस्पताल क्लिनिकहरू बन्द रहेनछन् । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूणर्रुपमा बन्द गर्ने निणर्य भएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।यसअघि कायम गरेको निषेधाज्ञा भोलि भाद्र १३ गते राति १२ बजे सकिंदैछ । अझै कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।दमकमा मात्रै हालसम्म ८१ जना कोरोना संक्रमित भएका छन् भने ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।