पुर्वमा राप्रपा प्रवेशको जनलहर , नेता कार्यकर्ता उत्साहित

सान नेपाल

झापा: पछिल्लो राजनीतिक घटनाक्रम र असन्तुष्टि बढ्दै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको लहर अचानक बढेर गएको छ । गणतान्त्रिक व्यवस्थाबाट अत्याधिक जनमत पाएको नेकपा सरकारको कार्यशैली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक खिचातानी बाट वाक्क बनेका नागरिकले बैकल्पिक शक्तिको रूपमा राप्रपालाई नै रोज्न थालेको देखिएको छ । भ्रष्टाचारको दलदल बाट राज्यकोष नै रित्तिने खतरा देखिएपछि अवको निर्वाचनमा राप्रपाले राम्रै जनमत पाउने सम्भावना पनि बढेर गएको छ । मुलुकको पश्चिमी भाग भन्दा पुर्वको झापा र मोरङ लगायतका जिल्लाहरू बाट अन्य पार्टी परित्याग गर्दै धमाधम राप्रपामा प्रवेश गर्नेको संख्या ह्वात्तै बढे पछि आगामी निर्वाचनमा राप्रपाले राम्रै जनमत हासिल गरेर एक पटक पुन: राष्ट्रिय राजनीतिको बागडोर सम्हाल्न सक्ने विश्वास उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले व्यक्त गर्ने गरेका छन् । गत आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संघीय संसदमा निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङ्देन, झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट, प्रदेश १ अध्यक्ष राम थापा, राप्रपाका केन्द्रिय सदस्यहरु टेकनारायण राजवंशी,देवीरमण भट्टराई, राजेस गिरि, मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्याल, कचनकवल गा.पा. अध्यक्ष अन्जार आलम लगायतका नेता कार्यकर्ताहरुको सक्रिय उपस्थिति कै कारण झापा जिल्लामा राप्रपाको जनलहर शुरु भएको विश्वास गरिन्छ । भर्खरै एकीकरण प्रक्रिया समेत सफलता पुर्वक सम्पन्न गरेको राप्रपाले नयाँ उमंग र नयाँ जोश जागर सहित जनविश्वास लिन सक्रिय हुँदै गएको बताइन्छ । हामीले शंखघोष गरि सकेका छौ, ‘अब पहिलेको राप्रपा र एकीकरण पछीको राप्रपामा आकाश जमिनको फरक छ’, सञ्चारकर्मी संग अनौपचारिक कुराकानी गर्दै जिल्ला अध्यक्ष अम्बर बिष्टले भने । ‘माननीय राजेन्द्र लिङ्देनले अहोरात्र खटेर पुर्व बाटै राप्रपालाई नवजीवन दिने उद्घोष गर्नु भएको छ, हामी सबै नेता कार्यकर्ता एक ढिक्का भएर अगाडी बढेका छौँ ‘, अध्यक्ष बिष्टको भनाइ रहेको छ । निर्विकल्प एजेन्डाको रूपमा हिन्दु धर्म र राजसंस्थालाई अंगिकार गरेकै कारण राप्रपाले गति लिएको राजनीतिक विश्लेषकहरु बताउछन् । २४ सै घण्टा जनताको घर घरमा पुगेर दुख सुखमा साथ दिने सांसद राजेन्द्र लिङ्देन राप्रपालाई १ नम्बरको पार्टी बनाउनको लागि पछिल्लो समय देश तथा विदेशका युवाले साथ दिन थालेको बताउछन् । ‘अन्य दलले युवालाई चिन्न सकेनन् , राप्रपाले आम युवाको भावनालाई समेट्दै अगाडि बढेको छ, अवको सफलता भनेकै युवा जोश र जागर हो, युवा समेटिए पार्टी बलियो हुन्छ, पार्टी बलियो भए राष्ट्र निर्माणको दर्बिलो सम्भावना बढेर जान्छ’, विभिन्न पार्टी परित्याग गर्दै करिब ३ सयको हाराहारीमामा राप्रपा प्रवेश गरेका युवाहरुलाई स्वागत गर्दै राप्रपा नेता लिङ्देनले बताए ।