कन्चटमा गोली हानेर सिपाहीले गरे आत्महत्या

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आँफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरेका हुन् ।

ड्युटीको खटिएका सिपाहीले बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्माहत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गर्नुभयो । आत्महत्या प्रकरणबारे नेपाल प्रहरी र सैनिक प्रहरीले छुट्टाछुट्टै अनुसन्धान शुरु गरेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो । मृतक सिपाही तनहू‘ रानीपोखरीका स्थायीबासिन्दा हुन् ।