प्रेस पासको दुरुपयोग बढेकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौ । काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको महासंघले जनाएको छ । महासंघले चेकजाँचलाई कडाइ पार्न प्रहरीलाई अग्रह समेत गरेको छ ।

यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने पनि महासंघको ठहर छ ।

पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न महासंघले सबैमा आग्रह गरेको छ ।