चिनको चमत्कार

चिनको चमत्कार

पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्ग्िकलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली राष्ट्रका रुपमा परिचीत भइसकेको छ । चीनले बितेको एक दशकमा आश्चर्य लाग्दा कामहरु गरेर देखाउन सफल भएको छ । चीनले गरेको प्रगतिका कारण विश्वका केही विकसित देशहरु पनि आश्चर्य चकित परेका छन् । लगातार असम्भव कुरालाई सम्भव बनाउन सकिन्छ भन्ने सन्देश दिएको चीनले एकपछि अर्को गर्दै नयाँ नयाँ कामहरु गर्दै आइरहेकोछ । पछिल्लो समय चीनले बनाएका केही यस्ता कुराहरु जो चीनमा मात्र देख्न सकिन्छ ।