ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर ( भिडियो सहित )

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर
ब्राजिललाई फुटबलको मेक्का मानिने गरिन्छ । दशकौंदेखि विश्व स्तरीय खेलाडी जन्माउदै आएको ब्राजिलले पेले देखी गारिन्चा र रोनाल्डो देखी काका सम्मका चम्किला फुटबलर पाइसकेको छ । अन्य देशहरु जस्तै इटाली, जर्मनी, अर्जेन्टिनाले पनि विश्व स्तरीय खेलाडी नपाउने हैन तर ईतिहास र वर्तमान दुबैलाई नियाल्ने हो भने ब्राजिलियन खेलाडीको तुलनामा ती फिक्का हुन्छन् ।
हरेक बर्ष ब्राजिलमा एक न एक खेलाडी स्टारको रुपमा अघि आउने गर्छ । कोही यसै बिलाउने गर्छन भने कोहि इतिहासको पानामा छाप छोडेर जान्छन् । एक जमानामा खेलाडीमात्र हैन एउटा सिंँगो ब्राजिलियन टिमलाइ स्टार मान्ने गरिन्थ्यो ।
हेर्नुहोस भिडियो…

१९५८, १९७० र १९८२ को ब्राजिलियन राष्ट्रिय टोलीलाई फुटबल ईतिहासकै अब्बल टोली मानिएको थियो । १९९४ र २००२ को विश्वकप बिजेता टोली पनि कम भने आँकिएको थिएन । तर पाँच पटक विश्व बिजेता बन्न सफल ब्राजिलियन टोलीका अहिलेसम्मका १० बिश्वस्तरीय खेलाडी को होलान त ?