कमलमा थप ४ जनामा कोरोना

कमल /झापाको कमल गाउपालिकामा समुदायका थप ४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

कमल ३ का १ जना, ५ का १ जना,कमल ६ का २ जनामा संक्रमण देखिएको हाे । सक्रमण पुष्टि हुनेहरुमा २ महिला र २ पुरूष छन । सगै गाउपालिकामा संक्रमित हुने सख्या २४ पुगेको छ । अहिले सम्म ३ जनाले कोरोना जितिसकेका छन ।