झापामा चारसहित थपिए प्रदेश १ मा ५६ जना कोरोना संक्रमित

झापा/ : प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सवैभन्दा धेरै सुनसरी जिल्लामा २६ जनामा कोरोना पुष्टि भएको हो ।

सुनसरीको धरानमा धरानमा ६ महिला र १४ पुरुष गरी २० जना, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार मोरङमा भने संक्रमितको संख्या केहि घटेको छ । मन्त्रालयका अनुसार मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ५ महिला र ६ पुरुष, लेटाङमा १ महिला र ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला र ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ६७ पुगेको छ ।

प्रदेश १ बाट सोमबार १ सय ३ जना डिस्चार्ज भएका छन् । सवैभन्दा धेरै गोठगाउँस्थित कोभिड १९ आइसोलेसन अस्पतालबाट ४९ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी वी.जेनरल आईसोलेसन केन्द्र हरिनगर सुनसरीबाट ३२ जना, इलाम अस्पताल आईसोलेसन केन्द्र इलामबाट १८ जना र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार ६ सय ३८ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा सोमबार १ हजार ३ सय ९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा हालसम्म ८८ हजार ९ सय ९० जनाको पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।