अब वैदेशिक रोजगारीमा जान पाइने, श्रम स्विकृती खुलाउने सरकारको निणर्य

झापा/वैदेशिक रोजगारीमा जान चाहाने नेपालिको लागि श्रम स्वीकृति खुला गरिने भएको छ।

नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सम्बन्धित श्रम गन्तब्य मुलुकसगँको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृती खुल्ला गरिने जानकारी दिए।

कोरोना भाइरसको महामारीको कारण गत फागुन २७ देखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

त्यस्तै सरकारले नयमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्।

यसअघि सरकारले दैनिक ५ सयमात्र आउन दिने निर्णय गरेको थियो।