सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना पुष्टि

सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

‘सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भयो,’ उनले भने, ‘सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ।’

सेतोपाटी