नेपालमा कोरोना संक्रमित २० हजार कटे, शनिबार थपिए तीन सय १५ जना

काठमाडौं : नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयले बताएको छ ।