दमक वडा नम्बर ९ ले घरमै पुर्याउन थाल्यो सामाजिक सुरक्षाको रकम

झापा/दमक नगरपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बासीलाई ९नम्बर वडाले घरमै सामाजिक सुरक्षा भत्ता पुर्‍याउन थालेको हो।

नोकरीमा रहेका छोरा छोरीले घर खर्च पठाउन असहज बनिरहेका बेला बृद्धबृद्धा तथा अति अशक्त अपांगले रकम पाउँदा राहत महसुस गरेका छन् । छोराले घर खर्च पठाउन बन्दाबन्दिले नपाएको भनेर खबर गर्यो । वडा अध्यक्ष लगायतको टोलीले घरैमा आएर भत्ता दिएपछी परिवारको आर्थिक समस्या तत्काललाई समाधन भएको लाभान्वित बताउछन।

रकम वितरणमा वडा अध्यक्ष राम बहादुर धिमाल ,वडा सचिव लक्ष्मी दुलाल तथा वडा सदस्य समिन रिजाल लगायतको सहभागी थिए। यो कार्य अब निरन्तर रहने वडा सदस्य रिजालले बताए ।