इटहरी उपमहानगरका सवारी चालकसहित ३ जनामा संक्रमण

 

इटहरी । इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक सवारी चालक सहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६६ जनाको नमूनामा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । त्यस्तै इटहरी उपमहानगर अन्तरर्गत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुष्टि भएसँगै अब इटहरीमा खतरा बढेको बताए ।

हालसम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएकोले उपमहानगरले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्दै आएको छ ।

आज सोमबार दिउसो सबै रिपोर्ट आइसक्ने र मेयर उपमेयरसँग ब्रिफिङ गरी इटहरीमा सावधानी अपनाउन तत्काल लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी भइरहेको पनि अस्पतालका इमरजेन्सी शाखा प्रमुख धमलाले बताए ।

विषयमा इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीले सबै रिपोर्ट आएपछि अवसथा हेरेर इटहरीलाई लकडाउन गरिने बताए ।