खोइ अनुगमन ??
मनपरि भाडा असुल्दै अटो रिक्सा

राजु पोख्रेल

झापा/अटो रिक्सा व्यवसायीले झापामा मनपरी रुपमा भाडा असुल्न थालेका छन्। झापामा सञ्चालन दुने अटो रिक्साले एक ठाउबाट अर्को ठाउँ जादा यात्रुबाट आफू खुशी भाडा असुल्दै आएका छन्। सरकारले भाडा ५० प्रतिशत बडाए पनि अटो सञ्चालकहरुले पहिलको भन्दा दोब्बर तेब्बर लिने गरेको यात्रहरु बताउछन् ।

लकडाउन खुले पनि अटो सञ्चालकले यात्र नपाउने बाहाना बनाउदे रकम लिने गरेका छन।
गौरादहबाट लमक आएका यात्रु सुमन गौतम भन्छन् आफू लकडाउनभन्दा पहिला दमक आउदा ५० तिर्ने गरे पनि ऐले १०० लेखी २०० सम्म तिर्नु परेको बताउछन। यसरी भाडामा मनपरी हुदा पनि नियमनकारी निकाय भने मौन भएको पाईएको छ। झापाका प्राय क्षेत्रमा सञ्चालन अटो सञ्चालकले यसरी मनपरि भाडा लिने गरेको यात्रहरुको गुनासो छ। एक अटो सञ्चालक भन्छन्् ऐले यात्र कम भेटिने भएकाले पनि हामीले दोब्बर भाडा लिनु परेको छ।

नियम उल्लंघन

जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै सामाजिक दूरी कायम गर्दै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। तर, अटो सञ्चालकले प्रशासनको नियमलाई उल्लंघन गर्दै आएका छन ।

यश बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगु नियम बिपरित भाडा लिनेलाई कार्वाही गर्ने बनाउछ । हामी चेकजाँच गर्छौ यदि त्यस्तो पाइएमा कार्वाही गर्छौ उनी यसरी मनपरि भाडा लिएको पाई सम्बन्धित अटो नम्बर सहित उजुरी गर्न समेत आग्रह गरे।