अनेरास्ववियु भन्छ: नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्‍यो ( विज्ञप्ति सहित)

काठमाडौं । सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर एकैदिन १६८१ अस्थायी दरबन्दी सिर्जना गरेकोप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले यस्तो कदम चालेको भन्दै अनेरास्ववियूले आवश्यक कर्मचारी भर्नाको जिम्मा लोक सेवा आयोगलाई नै दिन सचेत गराएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुल्ने यस्तो कार्य भ्रष्टाचार नै भएको हाम्रो ठहर छ ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सुशासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनै पनि काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्ने गरी लोक सेवा आयोगलाई नै विज्ञापन माग गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौं ।’