सिरिजको अन्तिम खेलमा आयरल्यान्डको सानदार जित

एजेन्सी । इङ्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्डले सानदार जित निकालेको छ । ओपनर पल स्टर्लिङ र कप्तान एन्डी बलब्राइनले उत्कृष्ट शतकीय पारी खेलेपछि आयरल्यान्डले इङ्ल्यान्डमाथि ७ विकेटको सानदार जित निकालेको हो ।

इङ्ल्यान्डले दिएको ३२९ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो । आयरल्यान्डका लागि स्टर्लिङले १४२ रनको उत्कृष्ट शतकीय पारी खेले । उनले १२८ बलमा ९ चौका र ६ छक्कासहित १४२ रनको उत्कृष्ट पारी खेलेका हुन् ।
कप्तान बलब्राइनले ११३ रनको योगदान दिए । उनले ११२ बलको समना गर्दै १२ चौकासहित ११३ रनको शतकीय पारी खेलेका हुन् । त्यस्तै ह्यारी टेक्टर २९ र केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इङ्ल्यान्डका लागि डेभिड विल्ली र आदिल रसिदले समान एक(एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३२८ रन जोडेको थियो । इङ्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले १०६ रनको योगदान दिएका थिए । टम ब्यान्टनले ५८ रन, डेबिड विल्ली ५१ रन, टम करन ३८ र साम बिलिंग्स १९ रनको योगदान दिएका थिए । आयरल्यान्डका लागि क्रेग यौलागीले ३ विकेट लिए । त्यस्तै जोस लिटिल र कर्टिस क्याम्फरले समान दुई(दुई विकेट लिए ।