युवा परिषदको कार्यकारी उपाध्यक्षमा ढकाल नियुक्त

 

भद्रपुर । भद्रपुर नगरपालिकाको नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा युवा अभियन्ता सरोज ढकाल नियुक्त भएका छन् ।नगर कार्यपालिकाले गतवर्ष फागुन १५ गते नै नगर युवा परिषद कार्यविधि पारित गरेको थियो । तर, कोरोनाका कारण कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाई भएको थियो । त्यसपछि गत असार ८ गतेको कार्यपालिका बैठकले कार्यकारी उपाध्यक्षमा ढकाललाई नियुक्ति गर्ने निणर्य गरेको थियो ।कार्यकारी उपाध्यक्ष र अन्य ६ जना सदस्यसहित जम्मा ७ जनाको नगर युवा परिषद् गठन भई आज सपथग्रहण पनि सम्पन्न भएको छ ।

परिषद सदस्यमा अनिल प्रधान, इन्दिरा पाण्डे, विलक्षण गुरुङ, सुफल सोरेन लगायत मनोनित भएका छन् ।शपथग्रहण पछि आजै बसेको परिषदको पहिलो बैठकले नगर कार्यपालिकालाई धन्यवाद ज्ञापन गर्दै आउँदै गरेको अन्तर्राष्ट्रिय युवा दिवस नमूना युवा संसदको अन्तिम प्रस्तुतीकरण गरेर मनाउने निणर्य गरेको नवनियुक्त कार्यकारी उपाध्यक्ष ढकालले जानकारी दिए ।