गौरादह नगरपालिकाले बन्द गर्यो साप्ताहिक हाट

गौरादह/ गौरादह नगरपालिकाले साप्ताहिक हाट बन्द गर्ने निर्णय गरेको छ।

बुधबार नगरपालिकामा बाणिज्य संघका प्रतिनिधि , वडा प्रतिनिधि ,सुरुक्षा निकायका प्रतिनिधि बैठकले सो निर्णय गरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा बढदै गैरहेकाले बर्तमान अबस्थामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्र संचालनमा रहेका साप्ताहिक हाटबजार अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द गर्ने निर्णय भएको भण्डारीले बताए ।।साथै दैनिक उपभोग्य बस्तु सागसब्वी र फलफुल पसल आबश्यक स्वास्थ साबधानी र सुरक्षा मापदण्ड पालना गर्दै आबश्यक सामाजिक दुरि कायम राखी संचालन गर्ने समेत निर्णय भएको छ।नगरपालिका भित्र संचालन रहेका सम्पुर्ण ब्याबसाय अत्याधिक सेवा बाहेकका पसलहरु आज देखि लागू हुने गरि राती ८.०० बजे पछी बन्द गर्ने निर्णय समेत गरिएको छ।