मेची राजमार्ग एकतर्फी खुला

झापा–पहिरोका कारण अवरुद्ध मेची राजमार्ग एकतर्फी खुलेको छ । गएराति पहिरो गएपछि रोङ गाउँपालिका खण्डमा मेची राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी बीच बाटोमा अलपत्र परेका थिए । स्काभेटर प्रयोग गरी दोहोरो रुपमा सडक खुलाउने प्रयास भइरहेको छ ।