शिवसताक्षीमा एक युवा मृत फेला

दमक/ झापाको शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय एक युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको छ । हिजोदेखि हराइरहेका सोही ठाउँका २८ बर्षिय गोमनसिंह मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ चोटसहितको शव फेला परेको हो । उनको शव स्थानीय रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले देखेपछि प्रहरीमा खबर गरेका बताइएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले सोबारेमा अनुसन्धान शुरु गरेको जनाएको छ । स्थानीयबासीले मगरको हत्यामा संलग्नको पहिचान गरि पक्राउ गर्न माग गरेका छन् ।