कमलका थप ६ जनामा कोरोना पुष्टि

कमल / झापाको कमल गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर रिर्पोट अनुसार ३ पुरुष र ३ महिला गरी जम्मा ६ जनामा कोरोना देखिएको हो ।

गत भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पठाइएकोमा आज थप ६ जनामा कोरोना पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले बताए ।

यो सँगै कमलमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल ३ केर्खाका हुन् । त्यहाँ अहिले समुदायमा नौ संक्रमण फैलिएको छ ।