बिर्तामोडमा तीन जनामा कोरोना

बिर्तामोड– झापाको बिर्तामोडमा एक जना बालकसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच वर्षीय बालकसहित थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बालक भारतबाट आएका हुन् ।

बिर्तामोड–६ का १ महिला, १ पुरुष र बिर्तामोड–५ का एक जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले बताए । बालक बाहेकका अरु दुई संक्रमित भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएका व्यक्ति हुन् ।