नेकपा सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाईएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे सचिवालय बैठक चार घण्टा पछि सरेको छ ।

बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिनुभयो ।

यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय भएको भएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो ।

आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा छ ।