कमल गाउँपालिकाका थपिए १२ कोरोना संक्रमण

झापा । झापाको कमल गाउँपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार आएको पिसिआर रिर्पोट अनुसार कमल गाउँपालिका ३ का ५६, ५५, ५४, ५३, ३०,२ ३ वर्षका ६ जना पुरुष र ७४, ५१, ३९, ३८, २०, १२ वर्षका ६ जना महिला गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका अधिकृत ईन्दै प्रसाद अर्यालले बताए ।

भदौ १५ गते ६६ जनाको स्वाब संकलन गरी पठाइएकोमा बिहिबार प्राप्त ल्याब रिपोर्ट अनुसार १२ जनामा कोरोना पुष्टि भएको छ ।

कमलमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । बिहीबार संक्रमण देखिएका सबै कमल ३ केर्खाका हुन् । पछिल्लो समय समुदायमा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिन थालेको छ ।