मेचीनगरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर । मेचीनगरमा शुक्रबार एक सुरक्षाकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताए अनुसार काँकरभिट्टास्थित पूर्वी सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जना, धुलाबारी स्थित अतिथि सदन क्वारेन्टाईनका दुई जना र धुलाबारीकै पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान टाउन हल क्वारेन्टाईनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भदौ १६ गते मंगलबार स्वाब संकलन गरी पिसिआर परिक्षणका पठाइएकोमा शुक्रबार आएको पिसिआर रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले जानकारी दिए ।शुक्रबार पुष्टि भएका ४ सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ । त्यसमध्ये शुक्रबारको एक संक्रमित सहित संक्रमित शसस्त्र प्रहरीको संख्या ३३ पुगेको छ । मेचीनगर ११६ संक्रमित मध्ये १०४ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।