झापामा २८, सहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिए

विराटनगर, / प्रदेश १ मा शुक्रबार अहिलेसम्मकै सवैभन्दा धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ५३ महिला र ९१ पुरुष गरी कुल १ सय ४५ जना कोरोना संक्रमित थपिएका हुन् । यो संख्या एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै उच्च हो ।

शुक्रबार मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाभित्र २५ महिला र ३५ पुरुष गरी ६० जना संक्रमित थपिएका हुन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कन्काईका ३ महिला र ८ पुरुष, दमकमा ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला र २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ । प्रदेश १ मा शुक्रबार २ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ९५ हजार ४ सय ५९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।