दमकमा आज ३ जना कोरोनाका नयाँ संक्रमित थपिए

दमक/दमकमा आज ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा दुईजना पुरुष र एक जना महिला रहेको नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ । आज थपिएकामा वडा नम्बर २ का ३५ बर्षिय एक पुरुष र वडा नम्बर ८ कि ४५ बर्षिया महिला र ६२ बर्षिय पुरुष रहेका छन् । उनिहरु तिनै जना समुदायका व्यक्ति रहेको बताईएको छ ।