झापाका ५, सहित प्रदेश १ मा ५४ जनामा कोरोना पुष्टि

झापा /प्रदेश १ मा शनिबार १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण हुँदा २३ महिला र ३१ पुरुष गरी थप ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मोरङका ३४ मध्ये विराटनगरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला रहेका छन् ।

त्यसैगरी सुनसरीको इटहरीका २ महिला र ६ पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार थप १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको छ ।

अहिलेसम्म प्रदेश १ मा ९७ हजार २ सय २१ जनाको पीसीआर परीक्षण भएको पनि जनाइएको छ ।