कमलको दृष्टिकोण क्लबको राहत सहयोग

कलम /कमल गाउँपालिकामा स्थापना भएकाे दृष्टिकाेष युवा कल्वले बिपन्न परिवारलाई राहत बितरण गरेकाे छ । क्लव स्थापना भएकाे अबसर पारेर कमल ५ कै लाल बहादुर राईको परिवारलाई १ महिना पुग्ने खाध्य सामाग्रि राहत दिईएकाे हाे ।
क्लबका अध्यक्ष राम बहादुर थापाकाे संयाेजनमा क्लबका सदस्यहरु तथा ५ नम्वर वडा अध्यक्षकाे सहयाेगमा साे परिवारलाई १ महिनालाई पुग्ने चामल , दाल लगायतका खाध्य सामाग्रि राहत दिईएकाे अध्यक्ष थापाले बताए ।

कमल गाउपालिका वाड नम्वर ५ का अध्यक्ष डम्बर बहादुर निरैालाकाे प्रमुख अतिथित्यथा र सितापुर टोल विकास संस्था अध्यक्ष राम प्रसाद चाम्लिङको सहभागितामा राहत बितरण गर्दै वडा अध्यक्ष निराैलाले दृष्टिकोण युवा क्लबकाे नाम जस्तै राहतकालागी सही ठाउँमा नजर पुगेकाे बताएका थिए ।
अाज राहत बितरण गरिएका परिवार कमल ५ का अत्यान्त बिपन्न ७ सदस्य परिवार रहेकाे र ४ जना सदस्य अस्वास्थ भएकाे बताईएकाे छ ।