बि एण्ड सि अस्पतालका डाक्टर र स्वास्थकर्मीसहित १२ जनामा कोरोना संक्रमण

बिर्तामोड ।बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ ।

बिएण्डसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको अस्पतालका सुचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका हुन् ।

संक्रमित सबै आइशोलेशनमा बसेको गिरीले बताएका छन् ।विएण्डसीमा संक्रमण देखिए पछि बिर्तामोड नगरपालिकाले अस्पताल शिल गर्ने तयारी गरेको छ ।