कमल गाँउपालिकामा थप ११ जनामा संक्रमण पुष्टि

कमल/झापाको कमल गाँउपालिकामा आज थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।
गाँउपालिकाको स्वास्थ्य शाखाका अनुसार कन्ट्र्याक ट्रेसिङका आधारमा गत भाद्र १८ गते ५७ जनाको स्वाब संकलन गरि पठाइएको मध्ये ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अझै ५ जनाको होल्डमा छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङका अनुसार कमल गाउँपालिका ३ का १० जना र विर्तामोड नगरपालिका स्थायी ठेगाना भएका १ जना रहेका छ्न । विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३ महिला सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले वताए । यो सँगै कमलमा संक्रमितको संख्या ४५ पुगेको छ । त्यसमध्ये ७ जना निको भएर घर फर्किएका छन् भने १ जना वृद्धको मृत्यु भएको छ ।