मेचीनगरमा थपिए ६ जना कोरोना संक्रमित

मेचीनगर / झापाको मेचीनगर नगरपालिकामा आइतबार एक चिकित्सक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए अनुसार मेचीनगर ६ घरभई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत एक चिकित्ज्ञसक, सशस्त्र प्रहरी दुई जना, नेपाली सेनामा कार्यरत एक जना, होटल क्वारेन्टाईनका एक र काँकरभिट्टा टाउन हल क्वारेन्टाइनका एक गरी ६ जना कोरोना संक्रमण पुष्टि भएकोे हो ।