बेलबारीमा १३ महिने बालक सहित एकैदिन थप ५ जनामा कोरोना पुष्टि


बेलबारी / मोरङको बेलबारीमा एकै दिन थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेका बेलबारी ४ का १३ महिनाका बालक र २२ वर्षिय अर्का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बेलबारी १० स्थित धिरनाथ सम्फुल माविमा रहेको क्वारेन्टिनमा बस्दै आएका ३ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार क्वारेन्टिनमा रहेका २२,३१ र ३५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ३ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट अनुसार ५ जनामा संक्रमण पुष्टि भएको हो ।