झापामा १६, सहित प्रदेश १ मा मंगलबार थपिए ८० जना कोरोना संक्रमित

झापा /: प्रदेश १ मा मंगलबार ३६ महिला र ४४ पुरुष गरी ८० जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरका ११ महिला र ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १–१ पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । मंगलबार २४ घण्टामा १ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।