मल आयात प्रकरण : शैलुङ र होनिकोलाई कालोसुचिमा नराखिने

काठमाडौँ । कृषि सामाग्री कम्पनी लिमिटेडले मल आयातको ठेक्का पाए पनि आफुले कबोल गरेको रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई तत्काल कालोसूचिमा नराख्ने भएको छ । शैलुङको अर्काे ठेक्क सम्झौता बाँकी नै भएको हुँदा तत्काल कालोसूचीमा नराखिने भएको हो । कृषि समाग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले शैलुङकाो मल आयात गर्ने अर्काे ठेक्काको समय अवधि बाँकी नै हुँदा तत्काल कालोसुचीमा राख्न नसक्ने बताएका छन । शैलुङसँग कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि गरेको सम्झौताको समय अवधि २ महिना बाँकी रहेको छ । सो अवधि सम्म कालोसूचिमा राख्ने समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ । उक्त कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि गरेको ठेक्का सम्झौता अनुसार मल आयात नगरेपछि दोस्रो पटकको ठेक्का सम्झौता रद्द गरेर मात्र कालोसुचीमा राख्ने नराख्ने प्रक्रियामा भने जान सक्ने संकेत मात्रै कृषि सामाग्रीले गरेको छ ।

कृषि समाग्रीसँग होनिको मल्टिपलको भने कुनै सम्झौत नभएको पनि प्रवक्ता पोखरेलले बताएका छन । कुनै सम्झौता नभएपनि होनिको मल्टिपललाई पनि तत्काल कालोसूचिमा राख्ने तर्फ काम भएको छैन । होनिकोसँग कम्पनीले गरेको सम्झौता आधारमा छलफल गरेर मात्र कालोसूचिमा राख्ने नराख्ने विषयमा कम्पनीले निर्णय लिइने पनि कृषि सामाग्रीले बताएको छ । त्यसका लागि केही समय लाग्न सक्छ । सम्झौता र प्रचलित कानुन एंव सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने मन्त्रालयको भनाई छ । मल आयात नगर्ने कम्पनीलाई कालोसूचिमा राख्ने विषयमा विभिन्न विज्ञहरुको छलफल र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा टेकेर मात्रै प्रक्रिया अगाडी बढाइने कृषि सामाग्रीले बताएको छ । शैलुङ र होनिको कालोसूचिमा राख्ने नराख्ने निर्णय लिन कम्पनीले केही ढिलाई गरिरहेको देखिएको छ । दुई कम्पनीको धरौटी जफतका लागि बैंकलाई कम्पनीले परिपत्र गरीसकेको छ ।

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार मल आयात ठेक्का सम्झौता गर्दा कम्पनीलाई कुनै पेस्कि दिइएको छैन । ठेक्का सम्झौता गर्दा कम्पनीको पेश्कि दिइने नियम रहेको बताइएको छ । कृषि समाग्रीले शैलुङ र होनिकोलाई मल आयातका दिएको समय अवधि गत शनिबार सकिपछि आइतबार कम्पनीले सम्झौता रद्द भएको थियो । कम्पनीले शैलुङ र होनिको सँग २५÷२५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि २४ र २७ अप्रिल २०२० मा सम्झौता गरेको थियो । कम्पनीले ५ सेप्टेम्बर सम्ममा सबै मल आयात गरी सक्नेपर्ने म्याद दिएको थियो । तर, पटक पटक ताकेता गर्दा पनि सम्झौता अनुसार मल आयात गर्न नसकेपछि ठेक्क पाएका कम्पनीको सम्झौता रद्द भएको थियो ।