झापामा १४, सहित प्रदेश १ मा शुक्रबार १ सय २१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

झापा /: शुक्रबार प्रदेश १ मा एक सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १२ महिला र २० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार थप ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६ जना, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा २ हजार १९ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार थप ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १ लाख ५ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।