दमकमा १०६ बर्षीय एक बृद्धसहित थप ९ जनामा कोरोना संक्रमण

दमक/दमकमा आज १०६ बर्षीय एक बृद्धसहित थप ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेमा ३ पुरुष र ६ महिला छन् । थपिएकामा दमक २ की २६ बर्षिया एक महिला, दमक ७ की ५२ बर्षिया र २० बर्षिया दुई महिला रहेकी छन् । त्यसैगरी दमक ९ का ३१, ५० र ७४ बर्षका तिनजना महिला र ७, ७० र १०६ बर्षका तीनजना पुरुष रहेका छन् । संक्रमण देखिने वृद्ध भने दमक –९ का हुन् ।
यसअघि हिजो एक जना पुरुषमा संक्रमण देखिएको थियो । चार दिन अघि १०५ जनाको नमुना स्वाव संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । परीक्षणका लागि पठाईएका मध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए ।
आजनै संक्रमितहरुको सम्पर्कमा रहेका थप ९६ जनाको नमुना स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले वताए ।
यससंगै दमकमा कोरोना संक्रमितको संख्या १२९ पुगेको जनाइएको छ भने उपचार पछि निको हुनेको संख्या ९८ जना रहेको छ भने ३१ जनाको विभिन्न कोभिड अस्पताल,आइसुलेसनमा उपचाररत छन् ।