युनिक कलेज दमकले खुलायो कक्षा ११ को नयाँ विद्यार्थी भर्ना

दमक/ बिगत लामो समयदेखी शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको दमक ८ मा रहेको युनिक कलेज अन्तरगतको सारदा उच्च माविले शैैक्षिक सत्र २०७७/७८ को लागि कक्षा ११ मा होटल म्यानेजमेन्ट , ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स मास कमिनिकेशन हेल्थ एण्ड फिजिकल एजुकेसन लगायतमा भर्ना खोलेको छ ।
पुर्वाञ्चलमै उत्कृष्ट नतिजा ल्याउन सफल उक्त कलेज विद्यार्थिको पहिलो आकर्षणको गन्तव्य बन्न सफल भएको कलेजका प्रचार्य लेखनाथ सेडाइले जानकारी दिए।उक्त कलेजले लामो समयदेखि अध्यापनरत विषयगत विशिष्टता हासिल गरेका शिक्षकहरुद्वारा पठनपाठन गराइनुका साथै विभिन्न कार्यशाला, अध्ययन अवलोकन, इंटर्नशिप परियोजना कार्य आदी द्वारा विद्यार्थीहरुको बौद्धिक उन्नयनका साथै कार्यसम्पादन क्षमता वृद्धि गर्ने जस्ता कार्य निरन्तर रुपमा गर्दै आएको छ ।

अतिरीक्त कृयाकलाप, मनोरञ्जन, खेलकुदमा समेत उक्त कलेज अब्बल रहेको छ।
विद्यार्थीहरुको स्वास्थ्य तथा मानसिक स्वास्थ्यको लागि समय समयमा आँखा तथा दन्त शिविर र योगा तथा मोटिभेसनल कक्षा संचालन गर्दै आइरहेको छ । सामान्य ज्ञान, साँस्कृतिक कार्यक्रम तथा बक्तृत्वकला प्रतियोगिता आयोजन गर्ने उक्त कलेजले विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम गर्ने गरेको छ ।

युनिक कलेजमा मात्र होटल म्यानेजमेन्ट , ट्राभल एण्ड टुरिजम , मासकमिनिकेसन लगायतका पढाइ हुने गरेको छ।
कलेजले कक्षा ११ को लागि सामाजिक दुरि कायम गर्दै फारम वितरण गरिरहेको सेडाइले बताए ।