२३ ग्राम ब्राउन सुगर सहित गौतम पक्राउ

झापा । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा सञ्चालित गोपाल एग्रोभेट्सका सञ्चालक पक्राउ परेका छन् । सञ्चालक गोपाल गौतमलाई बिर्तामोड प्रहरीले शुक्रवार पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

बिर्ता बजारको त्रिवेणी टोलमा एग्रोभेट्स सञ्चालन गर्दै आएका गौतमलाई लागु औषध कारोवार गरेको आरोपमा पक्राउ गरिएको हो । उनको पसलबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर समेत बरामत गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले उनको एग्रोभेट्स खानतलासी गर्दा लागु औषध समेत भेटिएपछि आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको छ ।