शनिबार प्रदेश १ मा ७७ कोरोना संक्रमित थपिए

झापा /शनिबार प्रदेश १ मा ७७ कोरोना नयाँ संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २१ महिला र २५ पुरुषसहित शनिबार ४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बुढीगंगा गाउँपालिकामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैंचामा १ महिलामा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा २ महिला र ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलका नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको हो ।

शनिबार २४ घण्टामा १ हजार २ सय १२ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार प्रदेशभरीमा हालसम्म १ लाख ६ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षण सम्पन्न भएको हो ।

शनिबार ३६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ रहेको मन्त्रालयले जनाएको छ